भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखका दरले बीमा रकम हस्तान्तरण
सुर्खेत । जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय बीमा कम्पनी र कर्णाली प्रदेश सरकारले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
बीमा कम्पनी र प्रदेश सरकारबिच यस अघिनै प्रदेशका सबै नागरिकको प्राकृतिक प्रकोप बीमा गरिएको थियो । सोही अन्तर्गत भूकम्पमा ज्यान गुमाएकाहरूको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयको विवरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पठाएको विवरणका आधारमा उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यमा स्वयम कानुन मन्त्री कृष्णबहादुर जिसी नै सहभागी बनेका छन् ।
क्रमशः सबैलाई बीमा रकम वितरण गरिने बीमा कम्पनीले बताएको छ । त्यसका लागि कागजात मगाउने कार्य भइरहेको छ । मन्त्री जिसीले बीमा रकमले पीडित परिवारलाई ठुलो राहत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बदल्न आएको रास्वपालाई महाविधेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
-
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
-
सुर्खेतका ९ स्थानीय तहले ल्याए झण्डै १० अर्बको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण