यो सरकारबाट विकासको सपना देख्न सकिँदैन : अध्यक्ष ओली
आइतबार, ०८ पुस २०८०, १४ : ५९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यस्तै सरकारबाट, यही कार्यशैली, यही तरिकाबाट कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रको बिचमा विकासको सपना देख्न सकिँदैन ।’ ओलीले एमालेले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता नभएको पनि बताए । उनले भने,‘वेरसवेर सुशासन चाहिन्छ । सुशासन दिन सक्ने सरकार चाहिन्छ । त्यसपछिमात्र खास देशको विकास हुन्छ ।’
अध्यक्ष ओलीले एमाले सुशासन र विकासको बाटोमा अग्रसर हुने भन्दै समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा एमालेले पुरा गरिछोड्ने पनि बताए । ‘हाम्रो संकल्प स्थायी, सुदृढ र अविचलित संकल्प हो’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
-
विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
संसद् भवन पुगे राष्ट्रपति
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
-
प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : हितेन्द्रदेव शाक्य