कोरोनापछि पहिलोपटक घरजग्गा मेला हुँदै
काठमाडौँ । यही पुस १२ गतेदेखि काठमाडौँमा तीन दिने ‘रियल इस्टेड एक्सपो’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा १५ गतेसम्म घरजग्गा मेला आयोजना हुने भएको हो ।
मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने आयोजकले जनाएको छ । यो मेला कोरोना महामारीपछि पहिलोपटक हुन लागेको हो । मेलाले सर्वसाधारण सबैमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा समुचित सूचना दिने लक्ष्य राखेको छ ।
नयाँ नेपाल निर्माणको लागि वैज्ञानिक र व्यवस्थित एवम् सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायीहरूको सहभागिता हुनेछ । यस्तै, व्यवसायी र उपभोक्ताहरूलाई एकै थलोमा भेला गराई व्यवसायीहरूले आफ्नो नवीनतम् उत्पादन उपभोक्तामाझ पुर्याउने माध्यमका रूपमा मेलालाई अघि बढाउने योजना आयोजकको छ ।
आठौँ पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आ–आफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शन गर्नेछन् । यस मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् ।
यस मेलामा विद्युतीय सरसामानहरू, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न ब्यवसायीहरुको सहभागिता हुने जनाइएको छ । साथै, इच्छुक सहभागीहरूले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरूको शुभारम्भ गर्न चाहेमा सोको समेत व्यवस्था गरिनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण