राष्ट्रिय सभा निर्वाचन: हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
हेटौँडा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी मुख्य निर्वाचन अधिकृत महेन्द्र बहादुर कार्कीले कार्यालय स्थापना गरेका हुन् ।
हेटौँडा–५ स्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । हेटौँडामा बागमती प्रदेशअन्तर्गतका मतदाताले मतदान गर्ने छन् । मतदान हेटौँडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।
राष्ट्रिय सभाको रिक्त १९ सिट मध्ये बागमती प्रदेश अन्तर्गत ४ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै छ । मुख्य निर्वाचन अधिकृत कार्कीका अनुसार बागमती प्रदेशमा ३ सय ४७ जनाले मतदाता गर्नेछन् । बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहित ३४७ जना मतदाता रहेका छन् ।
प्रदेशका ११९ स्थानीय तहहरूका २३८ प्रमुख र उपप्रमुख मध्ये एक जनाले मतदानमा सहभागी हुन पाउने छैनन् । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपप्रमुख पद रिक्त रहेकाले मतदानमा भाग लिन नपाउने भएका हुन् ।
राष्ट्रिय सभा सदस्य पदका लागि प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण