छाना फोडेर मोबाइल पसलमा चोरी
काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा रहेको एक मोबाइलमा पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटौना गाउँपालिका–९ घर भई हाल पेप्सीकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डल रहेका छन् ।
मण्डलले गत मंसिर १४ गते राति एक्टिभ मोबाइल पसलको छाना फोडेर विभिन्न कम्पनीका २७ थान मोबाइल सेट र घडीहरू चोरी गरेका थिए । प्रहरीका अनुसार चोरी गरिएका सामानको मूल्य ५ लाख ५२ हजार ९ सय रुपैयाँ बराबरको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार घटनाको अनुसन्धान गर्ने क्रममा मण्डललगायत अन्य मानिसहरूले चोरी गरेको खुल्न आएको थियो । कार्यालयबाट खटिएको टोलीले मण्डलाई पुस २२ गते पेप्सीकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गर्न सफल भएको उनको भनाई छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण