छाना फोडेर मोबाइल पसलमा चोरी

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा रहेको एक मोबाइलमा पसलमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटौना गाउँपालिका–९ घर भई हाल पेप्सीकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डल रहेका छन् ।
मण्डलले गत मंसिर १४ गते राति एक्टिभ मोबाइल पसलको छाना फोडेर विभिन्न कम्पनीका २७ थान मोबाइल सेट र घडीहरू चोरी गरेका थिए । प्रहरीका अनुसार चोरी गरिएका सामानको मूल्य ५ लाख ५२ हजार ९ सय रुपैयाँ बराबरको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार घटनाको अनुसन्धान गर्ने क्रममा मण्डललगायत अन्य मानिसहरूले चोरी गरेको खुल्न आएको थियो । कार्यालयबाट खटिएको टोलीले मण्डलाई पुस २२ गते पेप्सीकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गर्न सफल भएको उनको भनाई छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता