राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले गठन गर्यो समन्वय समिति
मङ्गलबार, २४ पुस २०८०, १९ : ५०

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन गठबन्धनको पक्षमा पार्न राष्ट्रियसभा निर्वाचन समन्वय समिति गठन गरेको छ । गठबन्धनको बैठकले मंगलबार समिति गठन गरेको हो ।
समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन रहेका छन् । सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई जिताउन दलहरुसँग समन्वय गर्नका लागि समितिले काम गर्ने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
गठबन्धनको बैठकमा चार दल कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला