महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
सारांश
- सडक विभागले महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्डलाई चार लेनमा स्तरोन्नति गर्न परामर्शदाता चयन प्रक्रिया सुरु गरेको छ ।
- विश्व बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजनाअन्तर्गत १६५ किलोमिटर सडक खण्डको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन गरिनेछ ।
- यस स्तरोन्नति कार्यको लागि योग्य अन्तर्राष्ट्रिय परामर्शदाताहरूले आगामी असार १५ गतेभित्र आशयपत्र बुझाउनुपर्नेछ ।
काठमाडौँ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को चन्द्रौटा–कोहलपुर खण्ड स्तरोन्नतिका लागि परामर्शदाता चयन प्रक्रिया अघि बढाएको छ । महाशाखाले यस सडक खण्डको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइन कार्यका लागि योग्य अन्तर्राष्ट्रिय परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको हो ।
विश्व बैङ्कको ऋण सहयोगमा सञ्चालित ‘पूर्वी दक्षिण एसिया यातायात तथा व्यापार आबद्धता अभिवृद्धि आयोजना – नेपाल पहिलो चरण’ अन्तर्गत यो कार्य अघि बढाइएको हो ।
सूचना अनुसार परामर्शदाताले महेन्द्र राजमार्गको कुल १६५ किलोमिटर लम्बाइ रहेको चन्द्रौटा–कोहलपुर सडक खण्डको प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन गर्नेछ । हाल दुई लेन रहेको यस सडकलाई जलवायु अनुकूल र सुरक्षित चार लेनको स्तरमा स्तरोन्नति गर्न उपयुक्त विकल्पहरूको पहिचान गरिने उल्लेख छ ।
सम्भाव्यता अध्ययनसँगै परामर्शदाताले चन्द्रौटा–ढनखोला खण्ड (करिब १७ किमी) र लमही–कोहलपुर खण्ड (करिब १०८ किमी) को विस्तृत डिजाइन समेत तयार गर्नुपर्ने उल्लेख छ ।
यसअघि नै मिलेनियम च्यालेन्ज कर्पोरेसनको अनुदान सहयोगमा स्तरोन्नतिको काम अघि बढिसकेको ढनखोला–लमही खण्ड (करिब ४० किमी) लाई भने विस्तृत डिजाइनको क्षेत्रबाट बाहिर राखिएको छ ।
यो परामर्श सेवाका लागि योग्य अन्तर्राष्ट्रिय फर्महरूले आगामी जुन २९, २०२६ (तदनुसार २०८३ असार १५ गते) भित्र सडक विभागमा लिखित रूपमा वा इमेलमार्फत आशयपत्र बुझाउन सक्नेछन् ।
परामर्शदाताको छनोट विश्व बैङ्कको खरिद नियमावली अनुसार ‘गुणस्तर र लागतमा आधारित छनोट’ विधिबाट गरिनेछ । यो कार्यको कुल अवधि करिब १५ महिनाको हुने र सम्भावित रूपमा नोभेम्बर २०२६ देखि कार्य सुरु हुने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण