सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्दै

आइतबार, २९ पुस २०८०, १२ : १६
आइतबार, २९ पुस २०८०

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित गरी तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । गठबन्धनले आसन्न माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो । 

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र माघ ८ गते कोशी प्रदेशको विराटनगरमा मतदातासँग अन्तरक्रिया कार्यक्रम हुने छ ।

उक्त कार्यक्रममा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि कठिन केन्द्रीय समन्वय समितिका संयोजक रमेश लेखक, सदस्यहरू वर्षमान पुन, राजेन्द्र पाण्डे र मनिष सुमनको सहभागिता रहनेछ । जसपाका प्रवक्ता मनिष सुमनले, ‘तीन प्रदेशबाट अन्तर्क्रियाका लागि समन्वय समितिलाई बोलाइएको छ । त्यहाँ हामी बसै जना जान्छौँ ।’ अन्य प्रदेशबाट पनि आमन्त्रण गरिए समन्वय समिति र शीर्ष नेताहरू सहभागी हुने उनको भनाइ छ ।

गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र पारेको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन् । राष्ट्रियसभाको १९ सिटमै जित हात पार्ने निश्चित भए पनि गठबन्धनले मतदातासँग अन्तर्क्रियालाई प्राथमिकता देखिएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख—उपप्रमुख मतदाता रहन्छन् । सातै प्रदेशमा सत्ता गठबन्धनसँग सुविधाजनक मतभार छ । 

सातै प्रदेशको मतभारको अङ्कगणित अनुसार गठबन्धनका उम्मेदवारको जित सुनिश्चित देखिएकाले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमाले, राप्रपा, जनमत र नेमकिपाको राजनीतिक उपस्थिति मात्र देखिन्छ ।

सत्ता गठबन्धनभन्दा बाहिरका दल एक ठाउँमा आउँदा पनि जित हात नपर्ने देखिएपछि एमाले, राप्रपा, जनमत र नेककिपा एक्ला एक्लै चुनावी मैदानमा छ । पुस २३ मा उम्मेदवारी दर्तापछि गठबन्धन बाहेकका दलको चुनावी गतिविधि शिथिल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप