आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा इनारमा खसेकी महिलाको सकुशल उद्धार

सोमबार, ०१ माघ २०८०, १५ : ५६
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । २८ वर्षीया नुतन प्रधानको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

सशस्त्र प्रहरी बल नम्बर–२१ दक्षिणकाली गणबाट खटिएको टिमको विपद् व्यवस्थापन टोलीले उनको उद्धार गरेको हो । उद्धारमा नेपाल प्रहरी र नगर प्रहरीका सुरक्षाकर्मीहरु पनि खटिएका थिए ।

दोलखा घर भएकी प्रधान ३० फिट गहिरो इनारमा खसेकी थिइन् । लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्ल्याबसँगै तल खसेकी हुन् । उद्धारपछि उनलाई पाटन अस्पतालमा लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप