मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीमार्फत २० अर्ब तरलता तान्दै राष्ट्र बैंक

बिहीबार, ०४ माघ २०८०, ११ : ०९
बिहीबार, ०४ माघ २०८०

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रसोचन गरेको थियो । थप बिहीबार सोही उपकरणमार्फत बैंकले २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।

बुधबार मात्र जारी रिपोर्ट अनुसार पुस २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको थियो । तर सो अवधिमा यता कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँ हारहारी मात्र भएको देखिन्छ । 
बैंक ब्याजदर, अन्तर बैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदर समेत साढे २ प्रतिशत हारहारीमा झरिसकेको बेला बैंकहरुले कर्जा÷निक्षेप अनुपात (सीडी रेसिया) ८०.१४ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । 

यसले पनि केन्द्रीय बैंक रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रसोचन गरिरहेको छ ।  माघ ३ र ४ गते दुई दिन गरेर केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप