बैंकिङ प्रणालीमार्फत २० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले बिहीबार थप २० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रसोचन गरेको थियो । थप बिहीबार सोही उपकरणमार्फत बैंकले २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
बुधबार मात्र जारी रिपोर्ट अनुसार पुस २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५ अर्ब रुपैयाँ पुगेको थियो । तर सो अवधिमा यता कर्जा लगानी ५० खर्ब ५८ अर्ब रुपैयाँ हारहारी मात्र भएको देखिन्छ ।
बैंक ब्याजदर, अन्तर बैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदर समेत साढे २ प्रतिशत हारहारीमा झरिसकेको बेला बैंकहरुले कर्जा÷निक्षेप अनुपात (सीडी रेसिया) ८०.१४ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।
यसले पनि केन्द्रीय बैंक रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रसोचन गरिरहेको छ । माघ ३ र ४ गते दुई दिन गरेर केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण