काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ : मन्त्री मास्की
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने बताएका छन् । दाङको बबई गाउँपालिका-५ स्थित जौafरीमा रहेको जनश्रम सरस्वती आधारभूत विद्यालयको १८ औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले ठेकेदारहरूले पनि विकासमा विलम्ब गर्ने गरेको बताएका हुन् ।
‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ,’ उनले भने, ‘बजेट पाएर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।’ विकट गँगटे पुग्नका लागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताए । साथै गंगटेमा प्रहरी चौकी स्थापनाका लागि बजेट विनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोस्ट स्थापना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
जुन ठाउँ विकट छ, त्यहाँको विकास भएमात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकास का लागि आफू लागेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा लाखौँ मूल्यका अवैध सामान बरामद
-
सबै कुरा सरकारको नियन्त्रणबाट मात्र सम्भव छैन, हुलाकमा निजी क्षेत्रसँग सहकार्य गर्छौँ : सञ्चारमन्त्री
-
ट्रक व्यवसायीको पक्षमा सर्वोच्चको फैसला : रुट इजाजतमा दोहोरो व्यवस्था बदर
-
नेपालको जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय कोषबाट १ अर्ब ३३ करोड अनुदान स्वीकृत
-
अध्ययन समितिको निष्कर्ष : जेनजी आन्दोलनमा सुरक्षाकर्मीले आत्तिएर धेरै गोली चलाए
-
सांसदहरूलाई मन्त्री गौतमको आग्रह, ‘संसद्को गरिमा जोगाउन व्यवहार, भाषा र पोसाकमा विशेष ध्यान दिनू’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण