काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ : मन्त्री मास्की

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्ने बताएका छन् । दाङको बबई गाउँपालिका-५ स्थित जौafरीमा रहेको जनश्रम सरस्वती आधारभूत विद्यालयको १८ औँ वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले ठेकेदारहरूले पनि विकासमा विलम्ब गर्ने गरेको बताएका हुन् ।
‘काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्छौँ,’ उनले भने, ‘बजेट पाएर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।’ विकट गँगटे पुग्नका लागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताए । साथै गंगटेमा प्रहरी चौकी स्थापनाका लागि बजेट विनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोस्ट स्थापना गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।
जुन ठाउँ विकट छ, त्यहाँको विकास भएमात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकास का लागि आफू लागेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनीकरण गर्न सकिन्छ : सभामुख
-
रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
-
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण
-
कविर जयन्तीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा
-
छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभए विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने
-
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक