चेपाङ बालबालिकालाई खाद्यान्न तथा स्टेसनरी सामग्री वितरण
काठमाडौं । गाम वेशी चेपाङ संरक्षण केन्द्र, चितवनलाई खाद्यान्न तथा स्टेसनरी सामग्री वितरण गरिएको छ ।
शिक्षामा सहयोग भन्ने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मुल नारा अनुसार लायन्स क्लव अफ काठमाडौं साझा फूलवारीले कामना इन्टरनेशनल कलेजको सहकार्यमा १५० चेपाङ वालवालिकाहरुका लागि खाद्यान्न तथा स्टेशनरी वितरण गरेको हो। क्लव अध्यक्ष कमल बहादुर खत्री, डिष्ट्रिक चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लवका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरणको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
केन्द्रका अध्यक्ष केपी किरणले सहयोगी मनहरुलाई धन्यवाद दिए । कार्यक्रममा क्लव अध्यक्ष कमल वहादुर खत्री र कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्स चिफ एडभाईजर ईश्वर अर्यालले एकापसमा हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण