६ महिनामा भित्रियो ६८ करोडको सेनिटरी प्याड
काठमाडौँ । नेपालमा ६८ करोड रुपैयाँको सेनिटरी प्याड भित्रिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ९ लाख ६२ हजार रुपैयाँको सेनिटरी प्याड आयात भएको हो ।
सो मूल्य बराबरको १० करोड ३६ लाख पिससेनिटरी प्याड आयात भएको छ । सो बापत सरकारले १२ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालले भारत, बंगलादेश, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, हङकङ, डेनमार्क, अमेरिका लगायत मुलुकबाट सो प्याड भित्र्याइएको हो ।
यस्तै, ६ महिनामा ५४ हजार किलो बराबर २ करोड ४१ लाख ७६ हजार रुपैयाँको नेपकिन आयत भएको छ । चीन, मलेसिया, भारत र अमेरिकाबाट सो नेपकिन आयात गरिएको विभागले जनाएको छ । सो बापत सरकारले ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८५ लाख पिस डाइपर आयात भएको छ । सो डाइपर आयात गर्दा १ अर्ब ९ करोड रुपैयाँ खर्च भएको छ । सोबाट सरकारले ३२ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण