हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार

सुनसरी । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।
राजधानी विराटनगरमा मतदान जारी रहेको छ । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।
तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार र धरानका मेयर हर्कराज राईले मात्रै मतदान गर्न बाँकी रहेको बुढाथोकीले बताए ।
हर्कले मतदान बहिस्कार गरेका छन् भने गच्छदार बिरामी छन् । गच्छदार हिजो भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश
-
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरूरी : सञ्चारमन्त्री
-
पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेश फर्किइन्, राजनीतिक उथलपुथल बढ्ने