आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
‘संसदमा केपी शर्मा ओली’ पुस्तक लोकार्पण, तस्बिरहरु

‘संसदमा केपी शर्मा ओली’ पुस्तक लोकार्पण, तस्बिरहरु

मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन् । 

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिइन् । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ । 

तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया