खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
सारांश
- खल्ला मसेटीमा आयोजित स्वास्थ्य शिविरबाट ९३ जना लाभान्वित भएका छन्।
- महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरमा निःशुल्क स्वास्थ्य सेवा दिइयो।
- शिविरमा महिला र पुरुषले विभिन्न रोगको उपचार तथा प्रयोगशाला सेवा लिए।
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।
महेन्द्रनगरस्थित महाकाली बहु प्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिए ।
“सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरूप हामीले रु एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ”, निर्देशक साउदले भने, “प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।”
त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा गोविन्द रोकायाले जानकारी दिए । उनले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताए । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवासमेत लिएका थिए ।
स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा अर्जुन भट्टलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण