भारत सरकारले ल्यायो नेपालको भन्दा २७ गुणा ठुलो बजेट

काठमाडौँ । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि ४७.६६ लाख करोड अर्थात् ४७६ खर्ब ६ सय करोड भारु बराबरको अनुमानित अन्तरिम बजेट ल्याएकी हुन् ।
जुन नेपालको आर्थिक वर्षको बजेटको तुलनामा २७.२१ गुणाले ठुलो हो । चालु आर्थिक वर्षका लागि नेपालले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । ४७६ खर्ब बराबरको अन्तरिम बजेट ल्याएको भारत सरकारले घाटाको बजेट कार्यान्वयनका लागि ३०.८० लाख करोड अर्थात् ३०८ खर्ब भारु राजस्व, भन्सार तथा विभिन्न ऋणपत्रहरूमार्फत उठाउने जनाएको छ ।
सोमध्ये २६.०२ लाख करोड अर्थात् २६० खर्ब २० अर्ब राजस्वबाट उठाइने र १४१ खर्ब ३० अर्ब भारु सरकारी ऋणपत्र (आन्तरिक ऋण) बाट र ११.७५ लाख करोड अर्थात् ११७ खर्ब ५० अर्ब भारु उधारो बजारबाट उठाउने लक्ष्य भारत सरकारले राखेको छ ।
आर्थिक वर्षमा कूल बजेट कार्यान्वयन कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.१ प्रतिशतले घाटा हुने अनुमान समेत भारत सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
महिला टी–२० विश्वकपको छनोट खेलमा नेपाल आज हङ्कङसँग भिड्दै
-
सर्वोच्चको फैसला चित्त नबुझे के गर्ने ? कति छन् यस्ता मुद्दा ?
-
भारत-पाकिस्तान तनावमा अमेरिकी विदेश मन्त्रालयले के भन्यो ?
-
पाकिस्तान सुपर लिग अब युएईमा
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य