कस्ता पुरुषप्रति आकर्षित हुन्छन् महिलाहरू ?
काठमाडौँ । पहिलो पटकको भेटमै हामी कोही प्रति आकर्षित भइहाल्छौँ । महिला होस् वा पुरुष दुबैमा यो नियम लागू हुन्छ ।
कोही मान्छेको व्यक्तित्वले हामी यति प्रभावित हुन्छौँ कि पहिलो देख भेटमै मनमा उनीहरुप्रति विशेष अनुभूति आउन थाल्छ । यस्तो खालको अनुभूतिलाई ‘ल अफ अट्रयाक्शन’ (आकर्षणको नियम) भन्न मिल्छ ? के कस्ता चिजका कारण महिला कुनै पुरुषतर्फ पहिलो भेटमै आकर्षित हुन्छिन् ? यसलाई बुझ्न वैज्ञानिकहरुले अनेकौँ अनुसन्धान गरेका छन् ।
रुटर युनिभर्सिटीका मानवशास्त्री र बेष्ट सेलिङ पुस्तकका लेखक हेलेन ई. फिशरका अनुसार संसारभरका महिलाहरू अभिव्यक्ति, बोली वचन सुनेर पुरुषप्रति आकर्षित हुन्छन् । कर बल गर्ने, जबरजस्ती गर्ने पुरुषहरूलाई महिलाहरुले खासै रुचाउँदैनन् । आफूलाई बुझ्ने, आफूले बोलेको कुराहरु ध्यान दिएर सुनिदिने, मनमा लागेका हरेक कुरा सुनाउने मौका दिने पुरुषप्रति बढी आकर्षित हुन्छन् भन्ने यस अनुसन्धानले देखाएको छ ।
कुनै समय यस्तो पनि थियो कि महँगा महँगा लुगा लगाउने, विलासी कार चलाउने पुरुष मात्रै महिलाको रोजाइमा पर्छन् भन्ने विश्वास गरिन्थ्यो । तर अहिले समय यस्तो छैन । साइकल नै चलाउने भएपनि फरक नपर्ने एक अनुसन्धानले देखाएको छ । व्यक्तिको व्यक्तित्व अनुहारमा प्रतिबिम्बित हुन्छ । तपाईंको व्यक्तित्वमा आफूलाई मोहित गर्ने, आकर्षित गर्ने केही तत्त्व भेटेपनि महिला पुरुषप्रति आकर्षित हुन्छन् । पुरुषको व्यवहारले पनि महिलाहरु आकर्षित हुन्छन् ।
महिलाहरु प्रायः आफूभन्दा बढी उमेरको पुरुषलाई मन पराउने सन् २०१० मा गरिएको एउटा अनुसन्धानले देखाएको थियो । यो अध्ययनमा विभिन्न उमेर समूहका ३ हजार ७७० जना वयस्कहरु संलग्न थिए । आर्थिक रुपमा बढी स्वतन्त्र महिलाहरू शक्तिशाली र पाका पुरुषहरूप्रति आकर्षित हुने गरेको लेखिका तथा युनिभर्सिटी अफ डन्डीमा मनोवैज्ञानिक विषयकी प्राध्यापिका फियोना मूरले भनेकी थिइन् ।
संसारको कुरा गर्ने हो भने पछिल्लो समय सम्बन्धमा महिला र पुरुषबिच उमेरको अन्तर हराउँदै गएको छ । उमेर बित्दै जाँदा पुरुषहरूको व्यक्तित्वमा एक खालको आत्मविश्वास र समझदारी देखिन थाल्छ । बढी उमेरका पुरुषहरु धेरै अनुभवी हुने भएकोले पनि सम्भवतः महिलाहरूले यस्ता पुरुषहरुलाई बढी मन पराएको हुन सक्छ ।
सबैको आफ्नो रुचि हुन्छ । कसैले दाह्री नभएको सफा अनुहार मन पराउँछन् । कसैलाई अनुहारमा चुस्स दाह्री आएको मन पर्छ कसैलाई झपक्क दाह्री । युनिभर्सिटी अफ न्यु साउथ वेल्सका अनुसन्धानकर्ताहरूले २०१३ मा गरेको एउटा अध्ययनमा महिलाहरूले पुरुषको दाह्री देखेर पनि आकर्षित हुने गरेको पाइएको थियो । यो अनुसन्धानमा अलि अलि दाह्री भएका पुरुषलाई महिलाहरुले सबैभन्दा आकर्षक बताएका थिए ।
महिलाहरु दयालु र कोमल स्वभाव भएका पुरुष मन पराउँछन् । सामान्यतया, महिलाहरूलाई विनम्र अनि आफ्नो केयर गरिदिने पुरुष मन पर्छ । यस्ता पुरुषको स्वभावले महिलाको मन छुन्छ । यस्ता व्यक्तिप्रति महिलाको मनमा विशेष खालको भावना उत्पन्न हुन थाल्छ । धेरै अध्ययनहरूले के पनि पनि देखाएका छन् भने आफूलाई हसाउन सक्ने अनि जीवनप्रति सकारात्मक धारणा भएका पुरुषप्रति महिलाहरू बढी आकर्षित हुन्छन् । यस्ता महिलाहरू सधैँ पुरुषको ‘सेन्स अफ ह्युमर’ मन पराउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण