अशोक स्तम्भ जोगाउन ‘दियो सेड’ सारियो
बुटवल । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई मान्ने गरिन्छ । अशोक स्तम्भका पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ ।
यूनेस्को, पुरातत्वविद्हरुले दिएको सुझाव अनुसार नै लुम्बिनी विकास कोषले अशोक स्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए ।
अशोक स्तम्भ नजिकै बालिँदै आएको दियोलाई अलि टाढा लैजान विज्ञहरूले दिएको सुझाव अनुसार नयाँ दियो सेड स्थापना गरिएको उपाध्यक्ष लामाले बताए । लामाकै पहलमा अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर मायादेवी मन्दिर परिसरको पश्चिमपट्टि एकै दिन एक लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो स्थल’ बनाइएको छ ।
यूनेस्कोले सन् २०११ मा गरेको अध्ययनमै लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरूको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुवाँले अशोक स्तम्भको पुरातात्त्विक संरचनालाई नकारात्मक असर परेको देखाएको थियो ।
बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्त्विक संरचनामा नकारात्मक असर गरिरहेकाले त्यहाँबाट बत्ती बाल्ने स्थल हटाउन आफूहरूले सुझाव दिएको कोषका पुरातत्त्व महाशाखा प्रमुख एवं वरिष्ठ पुरातत्त्वविद् हिमाल कुमार उप्रेतीले बताए । उनले लुम्बिनी वरिपरिका सिमेन्ट उद्योगबाट निस्किएका धुलो टाँसिएको, अशोक स्तम्भभित्र चढाउने विभिन्न सिक्का, दुध जस्ता फलफूलले समेत असर पारेको देखिएकाले सचेत हुनुपर्ने बताए ।
सन् २०११ देखि २०१३ सम्म पवित्र बगैँचा क्षेत्रमा यूनेस्को, जापानिज फण्ड एण्ड ट्रस्टको परियोजना अन्तर्गत काम गर्दा दियो सेड स्थानान्तरण गर्न सुझाव दिइएको उप्रेतीले बताए । उनका अनुसार सोही परियोजना अन्तर्गत अशोक स्तम्भको पुरातात्त्विक संरचना संरक्षणका लागि वाटर प्रुफ र संरक्षणको काम गरिएको थियो ।
अशोक स्तम्भको सुरक्षा र लुम्बिनीमा पुग्ने तीर्थालुहरुलाई मध्यनजर गरी कोषले मायादेवी मन्दिर प्रवेशद्वारको पश्चिमपट्टि दियो स्थल निर्माण गरेको छ । त्यहाँ अहिले एकै पटकमा ८ हजार बत्ती बाल्न सकिन्छ ।
कोषले दैनिक रूपमा एक लाख दियो बाल्न मिल्ने गरी दीर्घकालीन योजना बनाएको छ । व्यवस्थित रूपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र सांस्कृतिक सम्बन्धसँगै कोषको आम्दानीमा समेत सघाउ पुग्ने अपेक्षा लुम्बिनी विकास कोषको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण