आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ भने बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण