बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आज चार संसदीय समितिको बैठक बस्दै

बिहीबार, १७ फागुन २०८०, ०९ : ०१
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ । 

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ भने बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ  । 

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप