बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बाबुरामको सुझाव– दूरगामी राष्ट्रिय हितका काम गर्नुहोस्, इतिहासले सम्झिनेछ

बिहीबार, १७ फागुन २०८०, २० : २३
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दूरगामी राष्ट्रिय हितका काम गर्न सुझाव दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले दूरगामी राष्ट्रिय हितका काम सम्पन्न गर्नसके इतिहासले सधैँ सम्झिने बताएका हुन् । 

यस्तै भट्टराईले प्रचण्डले दूरगामी राष्ट्रिय हितका काम गर्न नसके जति वर्ष र पटक प्रधानमन्त्रीको कुर्सीमा बसेपनि देश र जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा हुने उल्लेख गरेका छन् । 

भट्टराईले लेखेका छन्,‘प्रम प्रचण्डले नमागेको सुझाव– उहाँले सत्ता स्वार्थको निम्ति जति सजिलै ‘वल्लो घरे नरे पल्लो घर सरे’ को कला प्रदर्शन गर्न सक्नुहुन्छ त्यस्तै दक्षता बरु कुर्सी मोह छोडेर भएपनि सबै प्रमुख दल/नेतालाई साथ लिएर शान्ति प्रक्रिया पूरा गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने, उच्च तहको भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्ने, वैज्ञानिक भूमिसुधार गर्ने, आर्थिक क्रान्तिको कार्ययोजना निर्माण गरेर लागू गर्न शक्तिशाली राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने, भारतलाई ईपीजी प्रतिवेदन लागू गर्न सहमत गराउने आदि दूरगामी राष्ट्रिय हितका काम सम्पन्न गर्नसके इतिहासले सधैँ सम्झिनेछ १ नत्र जति वर्ष र जति पटक प्रमको कुर्सीमा बसेपनि देश र जनतालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र हुनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप