बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘काठमाडौँ म्युजिक फेस्टिभल’ को आधिकारिक फूड पार्टनरमा फूडमान्डु

बिहीबार, २४ फागुन २०८०, २० : ३३
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय  कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरूका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । 

यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ । यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गरेका हुन् । नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुल्ला रहनेछ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।

फूडमान्डुले विगत एक दशकदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरूको घर आँगनमा खाना डेलिभरी गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप