बागमती प्रदेशसभा २ समितिको बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभा अन्तर्गतको २ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रदेशसभा अन्तर्गतको उद्योग पर्यटन तथा वातावरण समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बस्ने भएको हो ।
राजनीतिक परिस्थिति र सत्ता समीकरणले प्रभावित बन्दै आएको संसदीय समितिको बैठक बस्ने तय भएको हो । यसअघि गत वैशाख ३ गते बोलाइएको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सो पश्चात् आह्वान हुन नसकेको संसदीय समितिको बैठक गत वैशाख २१ गते प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठकमा छलफल गरी सहमति गरेसँगै आह्वान गरिएको हो ।
आज बिहीबार दिउँसो १ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्ने तयारी रहेको छ । उद्योग पर्यटन तथा वातावरण समितिको बैठकमा प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ र सचिवको उपस्थितिमा प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल हुनेछ ।
त्यस्तै शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकमा विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश स्वास्थ्य ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको दफावार छलफल हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण