लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही
बुधबार, २६ वैशाख २०८१, १३ : ४८

रौतहट । रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँचपछि उनीमाथि कारबाही गरेको हो ।
गौर एरियामा चल्ने ई-रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा ई-रिक्सा (डाँफे रिक्सा), टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ । उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
-
ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
-
सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....
-
आन्द्रे रसलको विष्फोटक ब्याटिङ, राजस्थानलाई २०७ रनको लक्ष्य