दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
बुधबार, २६ वैशाख २०८१, २० : ३४

सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ पर्दा तीन जना विद्यार्थी घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय विश्व विकास रावत, कक्षा ७ मा अध्ययनरत १२ वर्षीया लक्ष्मी गुरुङ र कक्षा ५ मा अध्ययनरत १० वर्षीय यामबहादुर चन्द रहेका छन् ।
दैलेख प्रहरीका अनुसार रावतको पेटमा हल्का जलेको अवस्था छ भने गुरुङको शरीरका विभिन्न भागहरूमा जलेको छ ।
यस्तै चन्दको शरीरको केही भागमा हल्का जलेको अवस्था छ ।
बुधबार दिउँसो ३ बजेको समयमा विद्यार्थी पढिरहेको बेला उक्त विद्यालयको कक्षा ५ र ७ को भवनको बिच भागमा चट्याङ परेको थियो । घाइते विद्यार्थीहरूको नौमुले प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
-
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण
-
श्रीमती मार्न जसलाई ‘सुपारी’ दिए, उनीहरूबाटै मारिए चूडामणि
-
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
-
प्रधानमन्त्रीबाट राज्यमन्त्री गर्बुजाले लिए शपथ
-
अल–आहलीलाई उपाधि चुमाउँदै ऐतिहासिक खेलाडी बने फर्मिनो, मेन्डी र माहरेज