दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
बुधबार, २६ वैशाख २०८१, २० : ३४
सुर्खेत । दैलेखको नौमुले गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयमा चट्याङ पर्दा तीन जना विद्यार्थी घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँका कक्षा ५ मा अध्ययनरत ११ वर्षीय विश्व विकास रावत, कक्षा ७ मा अध्ययनरत १२ वर्षीया लक्ष्मी गुरुङ र कक्षा ५ मा अध्ययनरत १० वर्षीय यामबहादुर चन्द रहेका छन् ।
दैलेख प्रहरीका अनुसार रावतको पेटमा हल्का जलेको अवस्था छ भने गुरुङको शरीरका विभिन्न भागहरूमा जलेको छ ।
यस्तै चन्दको शरीरको केही भागमा हल्का जलेको अवस्था छ ।
बुधबार दिउँसो ३ बजेको समयमा विद्यार्थी पढिरहेको बेला उक्त विद्यालयको कक्षा ५ र ७ को भवनको बिच भागमा चट्याङ परेको थियो । घाइते विद्यार्थीहरूको नौमुले प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण