सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कोशी प्रदेश

मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने

बिहीबार, २७ वैशाख २०८१, ०८ : ५१
बिहीबार, २७ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएपछि आज बिहानै मुख्यमन्त्री केदार कार्की काठमाडौँ लागेका छन् । 

प्रदेश प्रमुख खापुङले गरेको सरकार गठनको आव्हान संविधान सम्मत नभएको भन्दै कार्की सर्वोच्च अदालत जाने तयारीमा छन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतले बतायो ।

उता, एमाले-माओवादीले भने आजै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीको दाबी पेस गर्ने तयारी गरेका छन् भने प्रदेश प्रमुख पर्शुराम खापुङले आजै सांसदहरूको हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप