सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गौरीगङ्गामा अवैध काठ बरामद

बुधबार, २६ वैशाख २०८१, ०९ : ३१
बुधबार, २६ वैशाख २०८१

धनगढी । कैलालीमा अवैध काठ बरामद भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–९ बनखेतमा रहेको गौरीगङ्गा सामुदायिक साझेदारी वनभित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अवैध काठ बरामद गरिएको हो ।

उक्त काठ इलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ ।

पछिल्लो समय कैलालीका विभिन्न सामुदायिक वनमा चोरी सिकार तथा अवैध काठ कटानी हुँदै आएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप