गौरीगङ्गामा अवैध काठ बरामद
बुधबार, २६ वैशाख २०८१, ०९ : ३१
धनगढी । कैलालीमा अवैध काठ बरामद भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–९ बनखेतमा रहेको गौरीगङ्गा सामुदायिक साझेदारी वनभित्र लुकाई राखिएको सालको गोलिया ७ थान (१०५.५१ क्युफिट) अवैध काठ बरामद गरिएको हो ।
उक्त काठ इलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको छ ।
पछिल्लो समय कैलालीका विभिन्न सामुदायिक वनमा चोरी सिकार तथा अवैध काठ कटानी हुँदै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण