‘मृत्युको गुफा’ जहाँ छिर्ने जो कोही मर्छन्
कोस्टा रिका । कोस्टा रिकाको भेनेसिया डे सान कार्लोसमा रहेको द रेक्रेयो टुरिस्ट कम्प्लेक्समा एउटा सानो गुफा रहेको छ । यहाँ जोकोही पनि पस्ने प्राणी मर्ने हुँदा यसलाई ‘मृत्युको गुफा’ भनेर चिनिन्छ ।
पोआस ज्वालामुखीको किनारामा रहेको ला कुएभा डे ला मुएर्टे मात्र २ मिटर गहिरो र ३ मिटर लामो रहेको छ । यो किरा, चरा र साना जनावरका लागि ओत लाग्न सजिलो ठाउँ हो । तर, यसको आवरणले धोका दिन सक्छ । किनभने यहाँ छिर्ने जोकोही एकै छिनमा पर्नेछ ।
सामान्य तरिकाले हेर्दा यो गुफा त्यति खतरनाक देखिँदैन । तर, यो घातक कार्बन मोनोअक्साइडले भरिपूर्ण छ । यसको उदाहरण दिनका लागि स्थानीय गाइडले गुफामा बलिरहेको आगो छिराउँछन्, लगत्तै त्यो निभ्छ । किनभने त्यहाँ अक्सिजन हुँदैन र अत्यधिक मात्रामा कार्बन डाइअक्साइड रहेको छ ।
मृत्युको गुफामा कसरी यति धेरै कार्बन डाइअक्साइड निर्माण हुन्छ त ? केही अध्ययनकर्ताहरूका अनुसार त्यहाँ रहेको खनिज र उच्च तापक्रमले यस्तो भएको हो । वैज्ञानिकहरूका अनुसार गुफामा हरेक घण्टा ३० केजी कार्बन डाइअक्साइड निर्माण भइरहन्छ ।
यो गुफा घातक रहेको द रेक्रेयो टुरिस्ट कम्प्लेक्सको निर्माणको क्रममा पत्ता लागेको थियो । एक कामदार गुफाको नजिक पुग्दा बिरामी भएपछि यसबारे अध्ययन सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण