सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दिनमा १ सय पटकसम्म प्रेमीलाई फोन गर्ने किशोरी, ‘लभ ब्रेन’ नामक मानसिक समस्या पुष्टि

बुधबार, २६ वैशाख २०८१, १४ : ३९
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । चीनमा एक १८ वर्षीया किशोरी आफ्नो ब्वाइफ्रेन्डसँग यति धेरै आशक्त बनिन्, उनी हरेक समय ब्वाइफ्रेन्ड के गर्दैछन् भनेर चियोचर्चा गर्न थालिन् । दिनमा १ सय पटकसम्म फोन गर्ने ती किशोरीमा अन्ततः ‘लभ ब्रेन’ नामक मानसिक समस्या रहेको पत्ता लाग्यो ।

चिनियाँ सञ्चारमाध्यम यून्यू न्यूजका अनुसार सियायू नाम गरेकी ती किशोरी सिचुवान प्रान्तकी हुन् । विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनका क्रममा उनी प्रेममा परेकी थिइन् । तर, प्रेमीप्रतिको उनको आशक्तिले दुवैको जीवन नरक बनाएको थियो । 

छेङ्दुको द फोर्थ पिपल्स अस्पतालका डाक्टर डू नाका अनुसार सियायू चाँडै प्रेमीप्रति अप्राकृतिक रूपमा आशक्त बनेकी थिइन् । उनी हरेक समय आफ्नो प्रेमी कहाँ छन् भनेर जान्न चाहन्थिन् । प्रेमीले केही मिनेटमात्र ढिला रिप्लाई गरे अत्तालिन थाल्थिन् । 

कसैलाई यो प्रेमिकाको सामान्य व्यवहार जस्तो लाग्ला तर डाक्टरका अनुसार सियायू ‘लभ ब्रेन’ नामक दुर्लभ मानसिक समस्याबाट ग्रसित बनेकी थिइन् । ‘प्रेमीले तत्कालै मेसेजको जवाफ फकाओस् भन्ने उनी चाहन्थिन्,’ डा. डूले भने, ‘एक दिनले सियायूले प्रेमीलाई १ सयभन्दा बढी पटक फोन गरेछिन् ।’ मेसेजको जवाफ नफर्काएपछि उनले दुवै जना अपार्टमेन्टमा तोडफोड गरिन् । जब प्रेमी त्यहाँ आइपुगे, सियायूले बार्दलीबाट हामफाल्ने धम्की दिइन् ।

त्यसपछि प्रेमीले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लगेको थियो । जहाँ उनलाई ‘लभ ब्रेन’ नामक ‘बोर्डरलाइन पर्सनालिटी डिसअर्डर’ रहेको पाइएको थियो । 

लभ ब्रेनको सामान्य अवस्थामा मानिसहरू आफै सामान्य जीवनमा फर्कन सक्छन् । तर, सियायूजस्तो गम्भीर अवस्थामा उनीहरूलाई स्वास्थ्योपचार नै आवश्यक हुन्छ । डा. डूले बच्चाहरू बढ्ने क्रममा आमाबुबाबिच राम्रो सम्बन्ध नहुँदा प्रायः यस्तो समस्या देखिने जानकारी दिए ।

सियायूको कथा चीनको सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसले मानिस स्वास्थ्यबारे ठुलो बहस सिर्जना गरेको छ । त्यस्तै, प्रेम सम्बन्धमा नियन्त्रणमुखी व्यवहारको विषयमा बहस भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप