सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

वाइ वाइ स्वादसँगै गुणस्तरमा अब्बल छ : चौधरी ग्रुप

बुधबार, २६ वैशाख २०८१, १५ : ०५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । चौधरी ग्रुपले वाइ वाइ तयारी चाउचाउ स्वादसँगै गुणस्तरमा अब्बल रहेको बताएको छ । वाइ वाइ चाउचाउले आईएसओ र फुड सेफ्टी मेनेजमेन्टको पनि सर्टिफिकेट पाएकाले गुणस्तरीय रहेको कम्पनीले स्पष्ट पारेको हो ।

यस्तै वाइ वाइको आफ्नो टोटल क्वालिटी मेनेजमेन्ट सिस्टम पनि रहेको कम्पनीले बताएको छ । उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर बन्दै कम्पनीले वाइ वाइको उच्चस्तरीय गुणस्तर मापदण्डहरु पूरा गर्न खाद्य प्राविधिकहरुले नियमित सुक्ष्म जाँच गर्ने गरेको कम्पनीको भनाई छ । 
वाइ वाइ विश्वका ४० देशमा उपलब्ध रहेको र अन्य देशमा समेत फैलिँदो क्रममा रहेको कम्पनीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप