सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक

बुधबार, २६ वैशाख २०८१, २२ : ४०
बुधबार, २६ वैशाख २०८१

हैदराबाद । बुधबारको खेल अघिसम्म हैदराबादले लखनउलाई एकपटक पनि हराउन सकेको थिएन । तर, यसपटक टोलीले लखनउलाई शानदार तरिकाले हराउन सफल भएको छ ।

ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङसामु लखनउ नतमस्तक बन्यो । लखनउले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पछ्यायो ।

हेडले मात्र ३० बलमा ८९ रन बनाए । उनले ८ चौका र ८ छक्का हिर्काए । त्यस्तै, अभिषेक शर्माले २८ बलमा ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए । उनलाई २६ बलमा ४८ रन बनाएका निकोलस पूरनले राम्रो साथ दिए ।

त्यस्तै, कप्तान केएल राहुलले २९ रन तथा क्रुनाल पाण्ड्याले २५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।

जीतपछि हैदराबाद १२ खेलबाट १४ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ समान खेलबाट १२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप