हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
हैदराबाद । बुधबारको खेल अघिसम्म हैदराबादले लखनउलाई एकपटक पनि हराउन सकेको थिएन । तर, यसपटक टोलीले लखनउलाई शानदार तरिकाले हराउन सफल भएको छ ।
ट्राभिस हेड र अभिषेक शर्माको विस्फोटक ब्याटिङसामु लखनउ नतमस्तक बन्यो । लखनउले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा पछ्यायो ।
हेडले मात्र ३० बलमा ८९ रन बनाए । उनले ८ चौका र ८ छक्का हिर्काए । त्यस्तै, अभिषेक शर्माले २८ बलमा ७५ रन बनाए । उनले ८ चौका र ६ छक्का प्रहार गरे ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको थियो । लखनउका लागि आयुष बदोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए । उनलाई २६ बलमा ४८ रन बनाएका निकोलस पूरनले राम्रो साथ दिए ।
त्यस्तै, कप्तान केएल राहुलले २९ रन तथा क्रुनाल पाण्ड्याले २५ रन बनाए । हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्सले १ विकेट लिए ।
जीतपछि हैदराबाद १२ खेलबाट १४ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ समान खेलबाट १२ अङ्कसहित छैटौँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण