कोशीको मुख्यमन्त्रीमा आज दाबी पेस गर्ने एमालेको तयारी

काठमाडौँ । प्रदेश प्रदेशका प्रमुख पर्शुराम खापुङले हिजो राति नयाँ सरकार गठनको आह्वान गरेपछि आज नेकपा एमालेले दाबी पेस गर्ने भएको छ । आज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आह्वान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ ।
जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ । यस्तै माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरूलाई परिचयपत्रका साथमा १० बजे संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ ।
एमाले नेताहरूका अनुसार प्रदेश प्रमुखले सनाखत गरेर आज नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर महिला गोल्डकपको उपाधि एपीएफले जित्यो
-
एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ
-
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
-
देशको राजनीति पश्चगामी, यथास्थितिवादी र अग्रगामी ध्रुवमा विभाजित हुँदै छ : उपेन्द्र यादव
-
जस्केलाबाट योजना जान्छन् भन्ने विषय समाप्त गरियो : मुख्यमन्त्री कँडेल