नवनियुक्त उपप्रधानमन्त्री यादवले सम्हाले पदभार
आइतबार, २७ फागुन २०८०, १३ : ००
१
काठमाडौँ । नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार सम्हालेका छन् । आइतबार उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।

जसपाबाट उपप्रधानमन्त्री भएका यादवले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । यादवसँगै जसपाबाटै वनमन्त्री बनेका नबलकिशोर साहले पनि शपथ लिएका थिए । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण