मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

बिहीबार, ०१ चैत २०८०, १४ : ११
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्बन गरिरहेको बताएका छन् ।  

बिहीबार काठमाडौँमा ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा सरकारले काम गरिरहेको बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी सरकारले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्बन गरिरहेको जिकिर गरे ।

उनले भने, ‘जलवायु परिवर्तनको प्रभावबाट नेपाल धेरै प्रभावित भएको कुरा हामी सबैलाई थाहा छ । जलवायु परिवर्तन, जसको लागि हामी जिम्मेवार छैनौँ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्दै आएको छ । जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्ने प्रयासमा हामी लागिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्वलाई ध्यानमा राखी हामीले मुख्यतया अनुकूलनका साथै न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै आएका छौँ । नेपालले दक्षिण एसिया क्षेत्रमा पहिलो राष्ट्रको रूपमा राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना बनाएको छ र जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको छ । विभिन्न तहमा वकालत, स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आएका केही उदाहरण हुन् । हाम्रा न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पु¥याउनेछ भन्ने हामी दृढ विश्वास गर्छौँ ।’

मन्त्री यादवले सरकारले स्वास्थ्य व्यवसायीहरूको क्षमता अभिवृद्धि, अनुसन्धान अध्ययन, जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरण, स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधीता र वातावरणीय दिगोपन हामीले कार्यान्वयन गर्दै आइरहेको बताए । न्यूनीकरण उपायहरूले राष्ट्रिय र विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्न केही हदसम्म योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप