आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
जापानी परिवेश र संस्कृतिबारे जानकारी दिन काठमाडौँ र पोखरामा जापानीज फिल्म फेस्टिभल (तस्बिरहरू)

जापानी परिवेश र संस्कृतिबारे जानकारी दिन काठमाडौँ र पोखरामा जापानीज फिल्म फेस्टिभल (तस्बिरहरू)

शनिबार, ०३ चैत २०८०

काठमाडौँ । किमोनोमा सजिएका युवती र टोन्बीमा सजिएका युवाहरू फोटो खिच्न र खिचाउन मै व्यस्त छन् । कोही क्यालीग्राफि त कोही ओरिगामी बनाउन प्रयासरत छन् । कोही भने जापानी खेलको मनोरञ्जन लिइरहेका छन् । 

जापानीज फिल्म फेस्टिभल अन्तर्गत शनिवार नेपालमा रहेको जापानी राजदूतावासले आयोजना गरेको सांस्कृतिक आदानप्रदान कार्यक्रमको झलक हो यो । शुक्रवारदेखि सुरु भएको दुई दिने यो कार्यक्रममा कुल ५ वटा फिल्म देखाइन्छ भने जापानको पहिरन र लेखाइ पद्दतीको अनुभव नेपालीले नेपालमै गरुन् भन्ने हेतु यो फेस्टिभलको आयोजना गरिएको जापानी राजदूतावासले जनाएको छ । काठमाडौँका अलावा पोखरामा पनि आयोजना भएको यो फिल्म फेस्टिभलमा ५ वटा फिल्म प्रदर्शन भएको थियो । 

नेपालमा जापानी भाषा सिकिरहेका विद्यार्थीलाई पनि जापानी परिवेश, भेसभुसा र संस्कृतिको बारेमा थप जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । यही फिल्म फेस्टिभल अन्तर्गत यही मार्च २० र २१ मा नेपालमा रहेको जापानी दूतावासको हलमा पनि पोखरामा प्रदर्शन गरिएको फिल्महरूको पुनः प्रदर्शन गरिनेछ ।

नेपालमा जापानी चलचित्रको प्रदर्शनी नहुने गरेको र यस प्रकारको महोत्सवले जापानको बारेमा जानकारी लिन चाहने मानिसहरूलाई सहयोगीसिद्द हुने अपेक्षा राजदूतावासले लिएको छ ।

171057026222417105702622311710570262234171057026223917105702622441710570262248171057026225317105702622561710570262262171057026227017105702622751710570262280171057026228417105702622881710570262301171057026231017105702623311710570262344

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया