शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चैते दसैँमा घुम्न जाऊँ कालिका मन्दिर

आइतबार, ०४ चैत २०८०, ११ : ०९
आइतबार, ०४ चैत २०८०

पाल्पाका राजाकी छोरीलाई विवाह गरेर पर्वते राजाकहाँ ल्याउँदा उनीसँगै दाइजोका रूपमा कालिकालाई ल्याइएको थियो भन्ने किंवदन्ती मैले सुन्दै आएको थिएँ । गएको फागुनमा बाग्लुङस्थित कालिका भगवती मन्दिरको भ्रमण गर्ने अवसर मिल्यो  ।

मैले सोचेको भन्दा सुन्दर रहेछ,  कालिका मन्दिर । यहाँबाट सेतो धौलागिरी हिमाल देख्न पाइन्छ । नजिकको लामो गोल्डेन ब्रिजले मेरो मन चङ्गाजस्तो बनाएको थियो । कालिका भगवती मन्दिरमा पूजा गर्नाले मनको कामना पूरा हुने विश्वास भएका कारण टाढा–टाढाबाट आउने भक्तजनको घुइँचो नै लाग्ने गर्छ । त्यहीमध्येको म पनि एक थिएँ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले धेरै धार्मिक पर्यटकलाई आकर्षित गर्न बर्सेनि चैतेदसैँ मेलाको आयोजना गर्छ । यस वर्ष पनि पहिलेको तुलनामा अझ बढी धर्मावलम्बी एवं पर्यटक भित्र्याउने लक्ष्य लिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले हामीलाई बताउनुभयो । 

अझ बुझ्दै जाँदा यो सात महिनामा एक करोड ७१ लाख त भेटी मात्र संकलन भएको रहेछ । त्यहाँ राखिएको स्क्रिनमा दैनिक चढाइने भेटीको आम्दानी सार्वजनिक गरिँदै आएकाले मलाई मन्दिरको व्यवस्थापन चुस्त र दुरुस्त रहेको लाग्यो ।

कालिका मन्दिरको बाहिरी आवरण नयाँ भए पनि भित्री संरचना जीर्ण भएकाले कलात्मक स्वरूप देखिने गरी कालिका मन्दिरको पुनः निर्माण गर्न थालिएको रहेछ । वरिपरि मृग समेत पालिएको रहेछ र नजिकै बगिरहेको कालीगण्डकीको पानीलाई मन्दिरसम्म ल्याएर नुहाउन सहज बनाइएको मैले पाए ।

धार्मिक महत्त्व बोकेको पवित्र कालीगण्डकी नदीको किनारामा रहेको कालिका मन्दिरको मैले त दर्शन गरेँ । यसलाई अझ थप प्रचार–प्रसार गर्नुपर्छ भन्ने लागेर यो सानो आलेख लेखेको हुँ । 

(नमुना आवसीय माध्यमिक विद्यालय । कक्षा ७, पर्वत कुश्मा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्लोक सिंह श्रेष्ठ
श्लोक सिंह श्रेष्ठ
लेखकबाट थप