बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उपनिर्वाचन

इलाम क्षेत्र नम्बर २ मा ३० प्रतिशत मतदान

शनिबार, १५ वैशाख २०८१, १२ : ०९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।

बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ ।  यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ,  राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप