इलाम क्षेत्र नम्बर २ मा ३० प्रतिशत मतदान
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ । यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण