कविता : कङ्कालको जुलुस
समाजको मधुशालाबाट नियाल्दै छु म
कपटले गरिरहेको नृत्य
असत्यले गरिरहेको भाषण
मुकुण्डोले खेलिरहेको इमानदारिताको खेल
धूर्तताले बजाएको चाप्लुसीको सङ्गीत
हत्या, बलात्कार र चिसो दुर्दशाका अखबार ।
सुनिरहेको छु म एउटा नमिठो कानेखुसी,
लुक्दै ओढेर सेतो पर्दा
जो गिज्याइरहेको छ चिच्याहटलाई
जहाँ झुटा आदर्शको चक्रव्यूहमा
हराएका छन् छोराहरू
र समानताको तुलोमा सदियौँदेखि
तुर्लुङ्ग छन् छोरीहरू
नराम्रोसँग गाँजेको छ तिनलाई
भुलभुलैयाको यो समयले ।
उहीँनेर
कोही मनाइरहेका छन् रमिता
कोही बेचिरहेका छन् समाचार
र बालिरहेका छन् चुलो
सबै सबै छन् व्यस्त
बजाउन आफ्नै डम्फु ।
नारा लगाइरहेका छन् कंकालहरू
जुलुस प्रदर्शन छ बजारमा अहिले
हामी मार्गदर्शन चाहन्छौँ
भूलभुलैया मुर्दावाद !
ए प्रिय, बाआमा
आउनुस् हामी भत्काऔँ यी विभेदका तहहरू
पत्ता लगाऔँ कारणहरू
र सामना गरौँ सँगसँगै
दिएर चुनौती अहंकारलाई
आउनुहोस् हामी उड्न दिउँ
करुणाको आकाशमा शान्ति सुरक्षा
र एकसाथ गरौँ सामाजिक दिशाको पुनर्लेखन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण