हजुरबुवाले २४० करोड भारुको शेयर दिएपछि अर्बपति बने ४ महिनाको बालक
नयाँ दिल्ली । गएको वर्ष १० नोभेबरमा भारतमा जन्मिएका एक बालक अहिले अर्बपति बनेका छन् । यी बालक बहुराष्ट्रिय भारतीय आईटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिका नाती हुन् ।
मूर्तिले आफ्ना ४ महिनाका नाति एकाग्र रोहन मूर्तिको नाममा इन्फोसिसका १५ लाख कित्ता शेयर नामसारी गरिदिएका छन् । यी शेयरको मूल्य २ अर्ब ४० करोड भारु भएको बताइएको छ ।
इन्फोसिस भारतको दोस्रो ठूलो आईटी कम्पनी हो । एकाग्रको नाममा आएको शेयर कम्पनीको कूल शेयरको शून्य दशमलव शून्य ४ प्रतिशत भएको बताइएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार यी शेयर पाएसँगै एकाग्र भारतको सबैभन्दा कान्छी अर्बपति बनेका छन् । एकाग्र नारायण मूर्तिका छोरा रोहन मूर्ति र उनकी पत्नी अपर्णा कृष्णनको छोरा हुन् ।
शेयर स्थानान्तरणको जानकारी एक्सचेन्ज फाइलिङमा सार्वजनिक गरिएको थियो । नातिलाई लाखौं कित्ता शेयर दिएपछि पनि नारायण मूर्तिसँग इन्फोसिसको कुल शेयरको ० दशमलव ३६ प्रतिशत अर्थात् (१ करोड ५१ लाख कित्ता शेयर) बाँकी छ । शेयर हस्तान्तरण ‘अफ मार्केट’ तरिकाले भएको थियो । मूर्तिले सन् १९८१ मा केही साथीहरूसँग मिलेर २५० डलरमा इन्फोसिस सुरु गरेका थिए । अहिले यो कम्पनीको बजार पुँजीकरण ८० अर्ब डलर बढी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण