इजरायलमा मेनपावर व्यवसायीबाट कामदार पठाउने निर्णयमा छानबिन थालेका छौँ : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले इजरायलमा मेनपावर व्यवसायीमार्फत कामदार पठाउने विषयमा छानबिन थालेको बताएका छन् ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले इजरायलमा हाल जी टु जी र लर्न अर्न कार्यक्रम बाहेक कुनै पनि तरिकाले कामदार पठाउने गरी सम्झौता नभएको बताएका हुन् ।
‘आधिकारिक रूपमा कुनै पनि सम्झौता भएको छैन । हाल जी टु जी र लर्न एण्ड अर्न कार्यक्रम बाहेक कुनै पनि तरिकाले कामदार पठाउने निर्णय भएको छैन,’ मन्त्री अर्यालले भने ।
यसअघि मेनपावर व्यवसायी मार्फत कामदार पठाउने प्रक्रिया अगाडि बढिसकेको छ । मन्त्री अर्यालले उक्त कार्य रोकेको र थप अनुसन्धान गरेर मात्रै अगाडि बढ्ने बताए ।
विभागले डिमाण्ड प्रमाणीकरणको कार्य अघि बढेर सामाखुसीमा रहेको काठमाडौँ ईन्टरनेशनल ईन्कर्पोरेटले २०० जनाको डिमाण स्वीकृत गरेको थियो ।
मन्त्री अर्यालले उक्त कार्य तत्कालको लागि रोकेको र यो विषयमा छानबिनपछि मात्रै आवश्यक निर्णय गर्ने बताए ।
‘यो विषयमा केहिदिन छानबिन गर्न दिनुहोला । त्यसपछि यस विषयमा म जवाफ दिनेछु,’ मन्त्री अर्यालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण