सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा मेनपावर व्यवसायीबाट कामदार पठाउने निर्णयमा छानबिन थालेका छौँ : श्रममन्त्री अर्याल

मङ्गलबार, ०६ चैत २०८०, १७ : ०२
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले इजरायलमा मेनपावर व्यवसायीमार्फत कामदार पठाउने विषयमा छानबिन थालेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले इजरायलमा हाल जी टु जी र लर्न अर्न कार्यक्रम बाहेक कुनै पनि तरिकाले कामदार पठाउने गरी सम्झौता नभएको बताएका हुन् ।

‘आधिकारिक रूपमा कुनै पनि सम्झौता भएको छैन । हाल जी टु जी र लर्न एण्ड अर्न कार्यक्रम बाहेक कुनै पनि तरिकाले कामदार पठाउने निर्णय भएको छैन,’ मन्त्री अर्यालले भने । 

यसअघि मेनपावर व्यवसायी मार्फत कामदार पठाउने प्रक्रिया अगाडि बढिसकेको छ । मन्त्री अर्यालले उक्त कार्य रोकेको र थप अनुसन्धान गरेर मात्रै अगाडि बढ्ने बताए । 

विभागले डिमाण्ड प्रमाणीकरणको कार्य अघि बढेर सामाखुसीमा रहेको काठमाडौँ ईन्टरनेशनल ईन्कर्पोरेटले २०० जनाको डिमाण स्वीकृत गरेको थियो । 

मन्त्री अर्यालले उक्त कार्य तत्कालको लागि रोकेको र यो विषयमा छानबिनपछि मात्रै आवश्यक निर्णय गर्ने बताए । 

‘यो विषयमा केहिदिन छानबिन गर्न दिनुहोला । त्यसपछि यस विषयमा म जवाफ दिनेछु,’ मन्त्री अर्यालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप