होलीमा रेन डान्स र पुल पार्टीमा बैंगलुरुले लगायो प्रतिबन्ध
बिहीबार, ०८ चैत २०८०, १८ : ०४
बैंगलुरु । पानीको चरम अभावबिच बैंगलुरुले होलीमा रेन डान्स र पुल पार्टीमा रोक लगाएको छ । बैंगलुरु जल आपूर्ति विभागले होली उत्सवसम्बन्धी एउटा निर्देशिका नै जारी गरेको थियो ।
विभागले व्यावसायिक र मनोरञ्जनात्मक प्रतिष्ठानहरूलाई पुल पार्टी र रेन डान्सका लागि बोरवेल वा नदीको पानी प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले पुल पार्टी र रेन डान्स नगर्न भनेपनि बैंगलुरुका कयौं होटलहरुले होलीमा पुल पार्टी र रेन डान्स भन्दै टिकट बेचिरहेका छन् ।
बैंगलुरुमा पानीको दैनिक माग २ अर्ब ६० करोड लिटर छ । करिब ५० करोड लिटर पानीको अपुग हुने गरेको बताइएको छ । भारतका केही राज्यमा चरम जल संकट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण