बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

होलीमा रेन डान्स र पुल पार्टीमा बैंगलुरुले लगायो प्रतिबन्ध

बिहीबार, ०८ चैत २०८०, १८ : ०४
बिहीबार, ०८ चैत २०८०

बैंगलुरु । पानीको चरम अभावबिच बैंगलुरुले होलीमा रेन डान्स र पुल पार्टीमा रोक लगाएको छ । बैंगलुरु जल आपूर्ति विभागले होली उत्सवसम्बन्धी एउटा निर्देशिका नै जारी गरेको थियो ।

विभागले व्यावसायिक र मनोरञ्जनात्मक प्रतिष्ठानहरूलाई पुल पार्टी र रेन डान्सका लागि बोरवेल वा नदीको पानी प्रयोग नगर्न अनुरोध गरेको छ । विभागले पुल पार्टी र रेन डान्स नगर्न भनेपनि बैंगलुरुका कयौं होटलहरुले होलीमा पुल पार्टी र रेन डान्स भन्दै टिकट बेचिरहेका छन् ।

बैंगलुरुमा पानीको दैनिक माग २ अर्ब ६० करोड लिटर छ । करिब ५० करोड लिटर पानीको अपुग हुने गरेको बताइएको छ । भारतका केही राज्यमा चरम जल संकट छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप