आज तीन वटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, ०९ चैत २०८०, ०८ : २४
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्दै छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन-आश्रित स्मृति दिवस आज, एमालेले विभिन्न कार्यक्रम गर्दै
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
पाल्पाको निस्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, तेह्र घाइते
-
भरतपुर भ्रमण वर्षका सन्दर्भमा दाहाल र न्यौपानेबिच छलफल
-
उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन
-
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान