सरकार तिमी कहाँ छौ ?
तोते बोल्न थाले देखि
हो मैले क ख पढ्नका निमित्त प्यारी आमाको काख
छोडेर स्कुल गएको,
जीवनमा ज्ञान आर्जन गरि देशको सेवा गर्न भनी
उमेर, निद्रा, रहर र बन्धन तोडी शिक्षित हुनु को
सपना देखि वर्षौँ वर्ष विद्यालय धाएको,
सामाजिक पेलान, गरिबी, ठुला भन्नेहरूको
एकोहोरो नियम र चक्रब्यूहमा आफूलाई
केबल एउटा पेट पाल्न वर्षौँ रगत र पसिनाले
सिञ्चित गर्दा पनि श्रम गर्न एउटा सुरक्षित काम
गर्ने स्थान जोसिला युवालाई दिन नसक्ने सरकार
तिमी कहाँ छौ ?
यहाँ सपना मात्र मरेका छैनन्,
बेरोजगारी सँगै आमाले जलाउने दीपको
रौनक घटेको छ,
विभेद र संस्कारको नामले सयौँ सन्तान र
आमाका सपनाहरू जलेका छन्,
आफ्नै राजधानी सहर श्रमजीवी वर्ग र दूर दराजबाट
आएका हरूको निमित्त कुवेतको खाडी भन्दा चर्को छ, यहाँ,
प्रत्येक घडीको पला सँग जीवन साट्नु पर्छ,
नीच बिचार भएका लगानी कर्ता एवम् साहुहरूको
भ्रष्ट आचरणको पूजा गर्नु पर्छ,
मस्तिष्कका नसा नसाले गरिबिको तिक्तता पिएर
ओठमा हाँसो ल्याउनु पर्छ,
रगतका प्रत्येक बुँदबाट इमानदार सेवा गर्दा पनि
स्वार्थी जमातको लात सहनु पर्छ,
पसिनाले कर्म क्षेत्रका तमाम कार्यलाई
सिञ्चित गर्दा पनि हर बखत आँसुले मुख धुनु पर्छ ।
किनकि,
यो भाव शून्य मानव सहरमा,
शक्ति, पैसा, आडम्बरी र क्रूरताले
भरिएका खोक्रा मुकुट धारीहरू मात्र
देखिन्छन् ,
जहाँ यथार्थ शून्य भविष्य एकापट्टि छ त
अर्को तर्फ शक्तिशाली हरूको
सत्ताको खेल जहाँ हरदम निरीह
इमानदार मानिस हरदम पिसिरहेको हुन्छ,
निजी एवम् सार्वजनिक क्षेत्र सबै तिर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण