शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने

शनिबार, १० चैत २०८०, ११ : ४६
शनिबार, १० चैत २०८०

चितवन । वैशाख १५ गतेभित्र दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबिच बंगला परिसरमा द्धिपक्षिय सम्भौता भएको छ । 

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने स्पष्ट पारिन् । प्रमुख दाहालले भरतपुर महागनरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरुलाई अगाडि बढाइने उल्लेख गरिन् । बंगलालाई संग्रालयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको पनि दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालले बताइन् । अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भएपनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ ।
महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् साँकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको थियो । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीँ बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ । दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप