तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत बढी मत
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मतदान भएको छ । दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले रातोपाटीलाई जानकारी दिए । जहाँ ६१ हजार ७४८ मतदाता रहेका छन् ।
९३ वटा बुथमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको लामिछानेले बताएका छन् । यहाँ अब ११ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो ।
कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर खड्का, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोद थापा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्र शाही र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्ती, जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र जनमत पार्टीबाट सुशीला देवी विष्ट प्रतिस्पर्धामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण