भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब
नयाँ दिल्ली । भारतले न्यूनतम तलबको व्यवस्था हटाउने भएको छ । सन् २०२५ देखि भारतले यसको सट्टामा जीवन निर्वाह तलब शब्दको प्रयोग गर्ने भएको छ । यसका लागि भारत सरकारले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)सँग प्राविधिक सहायता खोजिरहेको छ ।
जीवन निर्वाह तलब भनेको कुनै पनि कामदारलाई उसको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम तलब नै हो । तर यसको निर्धारण घर भाडा, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडा आदि पक्षहरूमा कामदारले गर्नु पर्ने खर्चबारे विचार गरेर जीवन निर्वाह गर्न पुग्ने गरी तलब निर्धारण गर्ने प्रयास गरिनेछ ।
आईएलओले यो महिनाको सुरुमा जीवन निर्वाह तलबलाई अनुमोदन गरेको थियो । एक वर्षमा आफूहरू न्यूनतम तलबलाई छाडेर जीवन निर्वाह तलबलाई चलाउने भारत सरकारका एक वरिष्ठ अधिकारीले बताएको भन्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण