सानीमाले २७ प्रतिशतले नाफा बढाउँदा खराब कर्जा चार गुणाले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको (२०७४/७५) तेस्रो त्रैमासमा सानिमा बैंकले खुद नाफामा २७.३२ प्रतिशतले बढोत्तरी गरेर १ अर्ब २० करोड ५६ लाख रुपैयाँ भन्दा बढी पुर्याएको छ ।
गत वर्षको यसै अवधिमा बैंकको नाफा ९४ करोड ६९ लाख रुपैयाँ थियो । बैंकले चालु आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी २ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष १ अर्ब ६५ करोड २९ लाख रुपैयाँ थियो । यो भनेको बैंकले खुद ब्याज आम्दानीमा २५.५९ प्रतिशतले बृद्धि गरेको हो ।
सानिमाले ७१ अर्ब ५३ करोड निक्षेप संकलन गर्दा ६४ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैया पुगेको छ ।
सानिमाकोे प्रतिसेयर आम्दानी भने गत वर्षको तुलनामा घटेर २०.२२ रुपैयाँ (वार्षिक) कायम भएको छ । गत वर्ष २३.९५ रुपैयाँ थियो । बैंकले गत वर्ष ५ अर्ब चुक्तापूँजीबाट बढाएर ८ अर्ब रुपैयाँ पुर्याउँदा त्यसको दवाब प्रतिसेयर आम्दानीमा परेको देखिन्छ ।
यस्तै प्रतिसेयर नेटवर्थ पनि घटेर १२८.२४ रुपैयाँ कायम भएको छ । गत वर्ष १३२.८१ रुपैयाँ थियो । बैंकको खराब कर्जा चार गुणले बढेर ०.१७ प्रतिशतमा पुगेको छ । गत वर्ष ०.४ प्रतिशत मात्र थियो ।
बैंकको कस्टअफ फण्ड (लागत) पनि झण्डै दोब्बरले बढेर ७.३२ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म सानिमाको सिसिडि रेसियो (कर्जा/पुँजी/निक्षेप अनुपात) ७८.१८ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण