शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समसामयिक १४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमती बैठक सम्पन्न

बिहीबार, १५ चैत २०८०, १० : ००
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । 

जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको सङ्कल्पलाई साकार पार्न बैठकले जोडदार माग गरेको छ । संस्थागत भ्रष्टाचार, बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि एमाले बागमतीले सरकारसँग माग गरेको छ । 

त्यस्तै युवा पलायन रोक्न, मकै धानलगायत तरकारी खेती गर्ने किसानहरूका लागि रासायनिक मल तत्काल किसानको पहुँचमा पुर्याउन, कृषि अनुदान, उत्पादनको उचित मूल्य, संरक्षण, सङ्कलन र भण्डारणको विशेष व्यवस्था गर्न पनि एमालेले सरकारसँग माग गरेको छ । 

प्रदेश कमिटी बैठकको उद्घाटन मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप