बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम–२ मा मतपेटिका सङ्कलनको काम जारी

शनिबार, १५ वैशाख २०८१, १८ : १९
शनिबार, १५ वैशाख २०८१

इलाम । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ । 

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात् करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ छ ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सकिएर मतपेटिका सङ्कलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए । 

मतपेटिका सङ्कलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ ।  मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप