गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
बिहीबार, १५ चैत २०८०, २१ : ४७
नयाँ दिल्ली । हिन्दी फिल्मका चर्चित अभिनेता तथा कांग्रेस सांसद गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन् । उनले मुम्बईमा राज्यका मुख्यमन्त्री एकनाथ शिन्दे र मिलिन्द देवराको उपस्थितिमा पार्टीको सदस्यता लिएका हुन् ।
सो अवसरमा मुख्यमन्त्री शिन्देले उनलाई आफ्नो पार्टीको झण्डा दिँदै अंगवस्त्र लगाएर स्वागत गरेका थिए । गोविन्दालाई उत्तर पश्चिम मुम्बईको लोकसभा सीटबाट शिवसेना र एनडीएले उम्मेदवार बनाउन सक्ने बताइएको छ ।
यदि त्यसो भयो भने यो सिटमा उनले उद्धव ठाकरे समूहको शिवसेनाका अमोल कीर्तिकरसँग प्रतिस्पर्धा गर्नेछन् । गोविन्दा २००४ मा उत्तर मुम्बई लोकसभा सीटबाट सांसद थिए । त्यतिबेला उनले भाजपाका वरिष्ठ नेता राम नाइकलाई पराजित गरेका थिए । तर सन् २००९ मा उनले राजनीतिबाट सन्यासको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी २० परियोजनामा लगानीका निम्ति आशयपत्र आह्वान गरिँदै
-
दैलेखमा आगलागीबाट १ घर र दुई गोठ जले, लाखौँको क्षति
-
बझाङ उपनिर्वाचन : उच्च हिमाली क्षेत्रका मतपेटिका अझै भएन सङ्कलन, हेलिकप्टर पठाइयो
-
इलाम–२ : मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी
-
राजस्थान रोयल्सको आठौँ जित, लखनऊ ७ विकेटले पराजित
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल आज